नव कलाकार अञ्जली थापाको ब्यापक चर्चा

काठमाडौँ । नव कलाकार अञ्जली थापाले कलाक्षेत्रमा आगमन सगै आफ्नो अभिनय प्रतिभाका कारण छोटो समयमा आफुलाई स्थापित गर्न सफल हुन्दैगैईरहेकी छन । वि.सं २०६१ साल मोरङको पथ्रीमा जन्मिएकी कलाकार अञ्जली थापा विगत २ बर्षदेखि काठमाडौँमा बस्दै आएकी छिन् ।

हाल काठमाडौँमा बस्दै आएकी अञ्जली सानै उमेरबाट नित्य र राम्रो अभिनय गर्ने गर्थिन् । यही आत्माविश्वासले गर्दा १२ कक्षामा पड्दै गर्दा २०७८ सालमा कलेज स्तरियमा भएको “मिस कलेज +२” मा “मिस कलेज विजेता” समेत बनेकी थिइन । सानै उमेरबाट मनोरञ्जन क्षेत्रमा रमाउने उनी विगत डेड बर्षदेखि निरन्तर रुपमा कला क्षेत्रमा लागिपरेकी छन् । अभिनय गर्न निकै मन पराउँने उनी हाल प्रसारण भैइरहेको नेपाली टेलिसिरियल “भैरवी”मा आवद्ध छिन । यस्का साथ साथै विभिन्न नेपाली म्युजिक भिडियो तथा फेसन सोहरुमा समेत काम गर्दै आयकी छन । नेपाली कला क्षेत्रले अञ्जली जस्ता प्रतिभावान युवा कलाकार पाएपछि लामो दौडमा चल्न सक्ने क्षमता भएको प्रतिभा पाएको चर्चा नेपाली कलामा हुन थालेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *