चेन्नई सुपर किंग्सको कप्तानीबाट धोनीले राजीनामा दिए, रुतुराज गायकवाड बने नयाँ कप्तान

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२४ भन्दा ठीक अगाडि टीममा ठूलो परिवर्तन गरेको छ । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान घोषणा गरेको छ ।

आईपीएल अघि धोनीका फ्यानलाई ठूलो झट्का लागेको छ । धोनीले चेन्नई सुपर किंग्सको कप्तानी छोडेका छन् । अब उनको स्थानमा ऋतुराजले टोलीको जिम्मेवारी सम्हाल्नेछन् । धोनी आईपीएल २००८ देखि टोलीमा छन्। धोनीको कप्तानीमा चेन्नईले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ । चेन्नईले धोनीको कप्तानीमा २०१० , २०११, २०१८, २०२१ र २०२३ मा आईपीएलको उपाधि जितेको थियो।

चेन्नईले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराएको थियो। यो खेल चेन्नईले ५ विकेटले जितेको थियो ।

चेन्नई सुपर किंग्सले टोलीको कप्तानको बारेमा एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा चेन्नईले भनेको छ, ‘महेन्द्र सिंह धोनीले आईपीएल२०२४ अघि टिमको कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन्।’ ऋतुराज सन् २०१९ देखि टोलीसँग आवद्ध छन् । उनले अहिलेसम्म ५२ खेल खेलिसकेका छन् ।

रुतुराजको आइपिएलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र १४ अर्धशतक बनाएका छन् । आईपीएलमा रुतुराजको उत्कृष्ट स्कोर १०१ रन रहेको छ । उनले गत सिजन १६ खेलमा ५९० रन बनाएका थिए । यस सिजनमा ऋतुराजको उत्कृष्ट स्कोर ९२ रन थियो । रुतुराजले सन् २०२० मा पहिलो पटक आईपीएल खेलेका थिए । उनले यो सिजन ६ खेल खेल्ने मौका पाएका छन् ।

आईपीएल २०२४ भोलीबाट सुरु हुँदैछ । ओपेनिङ खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *