नेपाली फुटबल टिमले आज राति बहराइनविरुद्ध खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले आज राति बहराइनविरुद्ध खेल्दै छ । विश्वकप र एसियन कप दुवैको छनोट खेलमा नेपालले आज बहराइनको सामना गर्न लागेको हो ।

नेपालले घरेलु मैदानको फाइदा उठाउन पाउने छैन । घरेलु मैदानमा खेल खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ । यो खेल बहराइनको नेसनल स्टेडियममा नेपाली समय अनुसार राति १२ः४५ बजेदेखि हुने छ ।

नेपाल एशियाबाट विश्वकप छनौटको समूह एच मा रहेको छ । सुरुआती दुवै खेलमा हार बेहोरेको नेपाल अंकविहीन हुदै समुहमा पुछारमा रहेको छ । नेपालले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो ।

त्यस्तै बहराइनले २ खेलमा एक जितसहित ३ अंक हासिल गरेको छ । बहराइन युएईसँग २-० ले हारेको थियो भने यमनलाई २-० ले नै जितेको थियो । बहराइन पुग्नु अघि नेपाली टिमले मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण खेल खेलेको थियो । सो खेलमा नेपाल ५-१ गोलले पराजित भएको थियो ।

बहराइनविरुद्ध खेल्न मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले २३ सदस्यीय टिम छानेका छन् ।

नेपाली टिम

गोलकिपर- किरण कुमार लिम्बु, अभिषेक रिजाल र बिशाल सुनवार ।

डिफेन्डर- अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरीङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई, समित श्रेष्ठ ।

मिडफिल्डर- भारत खवास, बिशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोशन कार्की र उत्सब राई ।

फरवार्ड- अन्जन बिष्ट, दिनेश हेन्जन, हित्सुब थपलिया, समिर तामाङ, संजीव विष्ट र जिलेस्पी जंग कार्की ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *