सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ इतिहास रचेको छ ।

बुधबार प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २६ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ५ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *