७० वर्ष नाघेकाले बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न नपाउने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न ७० वर्ष ननाघेको हुनुपर्ने प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो । प्रस्तावमा सञ्चालक बन्न २५ वर्ष पुरा भएको र ७० वर्ष ननाघेको हुनु पर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै एक जना सञ्चालक एक भन्दा बढी वित्तीय संस्थामा सञ्चालक हुन नपाइने प्रस्ताव समेत गरिएको छ । पूर्वाधार विकास बैंकको हकमा भने एक जना सञ्चालक एक भन्दा बढी वित्तीय संस्थामा सञ्चालक हुन पाउने व्यवस्था रहेको थियो । प्रस्तावमा महिला सेयरधनी रहेको बैंक तथा वित्तीय संस्थामा महिला सञ्चालक अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *