६७ ओैं राष्टिय सहकारी दिवसको उपलक्ष्यमा भविष्य साकोसको रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर । ६७ ओै राष्टिय सहकारी दिवसको उपलक्ष्यमा भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड र रेडक्रस सोसाईटि उप शाखा बालकोटको सयुंक्त आयोजनामा कार्यक्रमको संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्वमा खुल्ला रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न भयो ।

त्यसैगरि प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र के.सि संथापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठ , कोषाध्यक्ष गंगाराम श्रेष्ठ, सल्लाहकार राजकुमार कार्कि सल्लाहकार लाल बहादुर खडका प्राबिधिक सल्लाहकार जनक श्रेष्ठ बिभिन्न ब्यक्तिहरुको कार्यक्रममा उपस्थिति हुनु भएको थियो ।

उक्त कार्यक्रममन पाल्नु भएका सभापतिलगायत प्रमुख अतिथि र अतिथिहरुलाई यस भविष्य वचत तगा ऋण सहकारी संस्थाका व्यवस्थापक लक्ष्मीपुष्पा भटराईले खादा लगाई स्वागत गर्नु भएको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि सुर्यबिनायक नगरपालिका वडा नं ३ का वडा अध्यक्ष दिपेन्द्र के.सिले पानसमा दिप प्रज्वलन गरि कार्यक्रम समुद्घाटन गर्नु भएको थियो । कार्यक्रममा जम्मा ५० जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।

कार्र्यक्रममा उपसमितिका संयोजक तोक वहादुर श्रेष्ठले आवश्यक कार्यहरुको व्यवस्थापन गर्नु भएको थियो । साथै रक्तदान कार्यक्रम सम्पन्न भएपछि सभापति तेजवहादुर च्वामु श्रेष्ठले सञ्चालक समितिका साथिहरु, उपसमितिका साथिहरु ,रेडक्रस उप शाखा बालकोटवाट पाल्नु भएका साथिहरु लगायत सम्पूर्ण उपस्थित साथिहरुलाई आजको कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकोले यहाँहरु सबैमा हार्दिक कृर्तज्ञता व्यक्त गर्नु भयो । साथै आगामिदिनमा पनि यहाँहरुको यस्तै माया ममता पाई रहन पाउँ भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *