इलाम २ मा समाजवादीको उम्मेदवार हुन्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार उठाउने तयारी भइरहेको बताएका छन् ।

सोमबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारीहरूलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले उपनिर्वाचनका लागि सम्भव भएसम्म अन्य दलहरूसँग सहकार्य गर्ने नभइ एक्लै चुनाव लड्ने मानसिकताका साथ पार्टीले तयारी गरिरहेको बताएका हुन् ।

उनले इलाममा उम्मेदवारी दिने विषयमा माओवादी केन्द्र र समाजवादी मोर्चाभित्र छलफल गर्ने भन्दै बझाङमा उम्मेदवार खडा गर्न कसैले रोक्न नसक्ने स्पष्ट पारे । सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र आफूबीच भएको छलफलका क्रममा पनि उपनिर्वाचनमा उम्मेदवार उठाउने जानकारी गराएको उनले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *