आयरल्याण्ड ए ले नेपाललाई दियो १२२ रनको लक्ष्य

काठमाडौँ । पहिलो टी-२० खेलमा आयरल्याण्ड ए ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफेन डोहेनीले सर्बाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *