सहकारी संघको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा वित्तीय व्यवस्थापन तालिम

भक्तपुरमा वित्तीय व्यवस्थापन तालिम सम्पन्न भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा तालिम आयोजना भएको हो । संघका कोषाध्यक्ष कान्छाभक्त घजुले संस्थामा रहेको वित्तीय स्रोतको प्रभावकारी व्यवस्थापन र सुशासन नहुँदा सहकारीमा तरलताको जोखिम, लगानीका जोखिम, संचालन जोखिम लगाएका समस्याहरु देखिएको बताए । संस्थालाई मजबुत बनाउन ऋण नोक्सानी कोषको व्यवस्था, सदस्यको धन तथा धितो जमानीमा मात्र ऋण प्रवाह र तरलता व्यवस्थापनलाई ध्यान दिनुपर्ने उनले उल्लेख गरे । संघका व्यवस्थापक बालकृष्ण धोजुले सहकारीको दिगो विकासको लागि दिगो वित्तीय व्यवस्थापन गर्नुपर्ने बताए ।

उनले सहकारीमा शेयर दायित्वलाई कम गर्दै जगेडा कोषलाई बढाउन सके लाभांषमा सकस नपर्ने जनाए । साथै सहकारीमा बचतको विविधिकरण अन्र्तगत नियमित बचत र अन्य बचतको न्यूनतम मौज्दात कायम रहने र दिर्घकालीन दायित्वको भारलाई बढाउँदै लान सके वित्तीय स्थिरतामा टेवा पुग्ने उनको भनाई थियो । तालिमका सहजकर्ता ज्ञानमणि न्यौपानेले तालिममा सिकेका कुराहरु सहकर्मीहरुलाई पनि सिकाई संस्थामा व्यवहारिक प्रयोगमा ल्याएमा मात्र तालिमको सार्थकता रहने बताए । सिकाइ कहिल्यै पनि नसकिने विषय भएकोले निरन्तर सिक्ने इच्छा चाहानालाई उर्जाशील बनाई राख्नुपर्ने विचार उनको थियो । तालिममा सहभागीहरुले सहकारीमा वासलातको प्रभावकारी व्यवस्थापन, आम्दानी खर्च, कोष, व्याजदर निर्धारण, कोष बाँडफाँड लगायतका विषयमा प्रभावकारी सिकाई प्राप्त भएको बताए । तामिलमा संघमा आवद्ध संस्थाहरुका व्यवस्थापक तथा उच्च कर्मचारीहरुकोे सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *