ओमोडा इ फाइभको अर्डर डेलिभरि सुरू

काठमाडौं । एस.पी.जी. अटोमोबाइल्सले ओमोडा इ फाइभ गाडीको वितरण नेपालमा सुरु गरेको छ । गत सन् २०२४ को फेब्रुअरी २ मा नेपालमा सार्वजनिक गरिएको गाडीको औपचारिक बुकिङ्ग सोही दिनमै खुला गरिएको थियो । उक्त पहिलो चरणमा बुकिङ गर्ने ग्राहकको गाडी हस्तान्तरण यस महिनाबाट सुरु भएको हो । ओमोडा इ फाइभमा अत्याधुनिक प्रविधिलाई ध्यानमा राख्दै बनेको ६१ किलोवाटको उर्जा क्षमता (इनर्जी क्यापासिटी) भएको लिथियम आइरन फोसफेट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । जसले गर्दा यसको डब्लुएलटिपी रेन्ज ४३० किलोमिटर रहेको छ । ओमोडा इ फाइभको फ्रन्ट(माउन्टेड विद्युतिय मोटरले ३४० एनएम टर्कको उर्जा उत्पन्न गर्दछ ।

नेपाली बजारमा सार्वजनिक भएको एक महिनाभित्रै एस।पी।जी। अटोमोबाइल्सले यस गाडीको ३ सयभन्दा बढी संख्यामा बुकिङ गरेको तथ्याङ्क रहेको छ । सुरुवाती मूल्य ५९ लाख ४९ हजार रुपैयाँ रहेको ओमोडा इ फाइभ गाडीको प्रमुख आकर्षण, एल।इ।डी। प्रोजेक्टरयुक्त हेडल्याम्प, नेपाली सडकका निम्ति उपयुक्त उत्कृष्ट १८० (एमएम)को ग्राउण्ड क्लियरेन्स, १८ इन्चको एलोय ह्विल तथा लेदरका सिट रहेका छन् । ओमोडा इ फाइभले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) मा ५ स्टार एनक्याप रेटिङ्ग प्राप्त गरेको छ । गाडीमा उपलब्ध लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, अडाप्टिभ क्रुज कन्ट्रोल र ६ वटा एयर ब्यागले गाडीमा सवार सबैको उच्चतम सुरक्षा सुनिश्चित गर्दछ । गाडीको बाहिरी एक्स्टेरियर भाग, ‘एक्स सेप(आकार) फ्रन्ट फेस’ सहित ‘डाइनामिक फास्टब्याक सेप’ डिजाइनमा बनेको छ । भित्र इन्टेरियरको भागमा उच्चस्तरको एम्बिएन्ट लाइटिङ, सोनी प्रिमियम स्पिकर, तथा भेन्टिलेसनयुक्त सिटको सुविधा रहेको छ । साथै यसमा जडित फास्ट चार्जिङको सहायताले २८ मिनेटमा नै ३० प्रतिशतको ब्याट्रीलाई ८० प्रतिशत बनाउन सक्दछ । एस.पी.जी. अटोमोबाइल्स, ग्राहक तथा नयाँ गाडी किन्न इच्छुकले नजिकैको ओमोडा सोरुममा गई नयाँ ओमोडा इ फाइभको बारेमा जानकारी लिन सक्नेछन् । एस.पी.जी. अटोमोबाइल्स नेपालमा ओमोडा र जेइको अटोमोबाइल्स कम्पनीको आधिकारिक वितरक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *