दोस्रो खेलमा आयरल्याण्ड ए माथि नेपाल ७१ रनले विजयी

काठमाडौँ । दोस्रो अभ्यास खेलमा नेपालले आयरल्याण्ड ए (वोल्भ्स) विरुद्धको सिरिज क्लीप स्वीप गरेको छ ।

आज मंगलबार सम्पन्न भएको दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई नेपालले ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुदै १२७ रन मात्र बनाउन सफल भयो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्बाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र बिबेक यादवले एक एक विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउदै १९८ रन बनाएको थियो । नेपालका लागि गुलशन झाले सर्बाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र बिबेक यादवले ७ रन बनाएका थिए ।

अब नेपाल भारत भ्रमणमा जानेछ । नेपालले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप फ्रेन्डसिप कप खेल खेल्न लागेको हो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *