सहकारी ठगीमा गृहमन्त्रीको संलग्नताको तथ्य प्रमाण छैन : आईजीपी कुँवर

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् ।

आज (बुधबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले गरेका प्रश्नको उत्तर दिदैँ सो कुरा बताएका हुन् । सांसदहरुले सहकारी ठगीमा रवि लामिछानेको संलग्नताको विषयमा प्रश्न गरेका थिए । प्रश्न गर्ने क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सूर्यदर्शन लगायतका केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै उनी अहिलेका गृहमन्त्री नै हो भनेका थिए ।

त्यसको जवाफ दिदैँ आईजीपी कुँवरले लामिछानेविरुद्ध ठाडो उजुरी परेको र त्यसबारे अनुसन्धान गर्दा प्रमाण नभेटिएको बताए । ‘ठाडो उजुरीको रुपमा जो इस्यु आयो, दर्ता भएको छ । तर अनुसन्धान गर्दा तथ्य प्रमाण भेटिएन । कानुनको दायरामा पनि पर्ने अवस्था आएन’ उनले भने,’ अहिले सांकेतिक रुपमा रवि लामिछाने भन्ने भएको छ । उनले अहिलेसम्मको प्रमाणका आधारमा कुनै पनि संलग्नता देखिँदै नदेखिएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *