भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. चालिसे

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशक पदमा डा. उज्जवल चालिसे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहिबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. चालिसेलाई निर्देशकमा नियुक्त गरेका हुन् । अर्को व्यवस्था नभएसम्म लागि निमित्तको जिम्मेवारी पाएका डा. चालिसेले नियुक्त पत्र बुझेको बताए । मन्त्रीज्यूले प्रशासनिक सहितको आर्थिक जिम्मेवारी दिनुभएको छ ।

अब संस्थालाई उचाई दिने काम गर्छु । यसअघि पनि उनले निमित्त निर्देशकको जिम्मेवारी पाएका थिए । तर बीचमा डा विष्णुदत्त पौडेलले सर्बोच्चबाट अन्तरिम आदेश ल्याएपछि उनी जिम्मेबारीबाट हटेका थिए । पौडेलले राजीनामा दिएपछि तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. ऋषिकेश नारायण श्रेष्ठलाई निर्देशकमा नियुक्त गरेका थिए । डा.श्रेष्ठले उमेरका आधारमा बुधबारबाट अवकाश पाएसँगै चालिसेलाई जिम्मेवारी दिइएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *