धरानका मेयर साम्पाङले भेटे गृहमन्त्री लामिछाने

काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् ।

आज आइतबार मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग राखेका थिए । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर लामिछानेले तारनतार स्टाटस लेख्दै आएका थिए । इलाम क्षेत्र नम्बर २ मा रास्वपाले माओवादी केन्द्र छाडेका मिलन लिम्बूलाई टिकट दिएपछि उनले आफूलाई सिद्धयाउनकै लागि रास्वपा आएको जस्ता विवादित अभिव्यक्ति दिँदै आएका थिए ।

धरानमा मेयर साम्पाङ र रास्वपाकी नेतृ सरिन तामाङबीच द्वन्द्व रहेको पाइएको छ । यसबीचमा वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुने भएसँगै साम्पाङले रास्वपालाई पहिचान र संघीयताविरोधी भन्दै निशाना बनाइरहेका छन् ।

उनले सामाजिक सञ्जालमा निरन्तर रास्वपाको विरोध गर्दै आइरहेका थिए । आइतबार गृहमन्त्रीलाई भेटेर धरानमा इलाका प्रहरी, ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधन माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *