नेपालले दियो बरोडालाई १५७ रनको सामान्य लक्ष्य

काठमाडौँ । जारी अभ्यास खेलमा नेपालले भारतको क्षत्रिय टोली बरोडालाई १५७ रनको सामान्य लक्ष्य दिएको छ ।

जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *