प्रतिनिधिसभा आजको बैठक : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा पर्यटकीय राजधानीका रुपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।

सांसद विद्या भट्टराई: विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाइ सेवा सञ्चालन गराइ पोखरालाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउन आग्रह गरिन् । भट्टराईले पोखरामा चार सयको सङ्ख्यामा रहेका होटलहरुको इजाजत नवीकरण गर्न वातावरण संरक्षण ऐन संशोधन हुन आवश्यक रहेको र काठमाडौँबाट पोखरा जाने सडकअन्तर्गत तनहुँ खण्ड लामो समयदेखि विचाराधीन रहनुले असुविधा भएको गुनासो गरिन् ।

सांसद सुशीला सिर्पाली ठकुरी: जलवायु परिवर्तनसँगै आगलागीलगायत प्राकृतिक विपदका कारण किसानका बालीनाली नष्ट भएकाले किसानलाई क्षतिपूर्ति र राहत दिन माग गरिन् ।

सांसद सोबिता गौतम: कारागारहरुमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका विषयमा सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

सांसद कान्तिका सेजुवाल: मन्त्रीहरुसमेत जोडिएका सहकारीको रकम ठगीका घटनामा संसदीय छानबिन समिति गठन नगरिएको र कृषि क्षेत्रमा लगानी नबढाइएकामा चिन्ता व्यक्त गरे ।

सांसद विना जैसवाल: वीरगञ्जको सिर्सिया खोलामा विभिन्न उद्योग र होटेलबाट वातावरण प्रदूषण गरेकाले वातावरण संरक्षण गर्न माग गरे । एमालेका सांसद रेखा यादवले दलित बालिबालिकालाई आवासीय विद्यालय सञ्चालन गर्न माग गरिन ।

सांसद राजेन्द्रप्रसाद पाण्डे: निजामती कर्मचारीलाई निरुत्साहित हुने गरी प्रशिक्षार्थी (उत्प्रेरक) का रुपमा परिचालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यविधि बनाएको विषयमा प्रश्न गरे ।

सांसद अब्दुल खाँन: इद उल फित्रका दिन त्रिभुवन विश्वविद्यालयले परीक्षा राखेकामा असन्तुष्टि व्यक्त गरे ।

सांसद रामप्रकाश चौधरी: राजनीतिप्रति वितृष्णा फैलिएकाले जनतामा आशा जगाउने काम हुनुपर्ने माग गरे ।

सांसद प्रेम सुवाल: छिमेकी मुलुकसँगकोसीमा विवादका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रभु साह: रौतहटको मौलापुरमा बाढीले भत्किएका बाँधहरु पुनः निर्माण हुनुपर्ने माग गरे ।

सांसद डा अमरेशकुमार सिंह: भ्रष्टाचारका मुद्धामा ठूला नेतालाई बचाउने प्रवृत्तिले कर्मचारीहरुले काम वा निर्णय गर्ने क्षमता कमजोर भएको बताए ।

सांसद रामनाथ अधिकारी: धादिङको रुवी भ्यालीको सडक ३० वर्षदेखि बन्न नसकेकामा चिन्ता व्यक्त गरे ।

सांसद अमृतादेवी अग्रहरि: मुलुकबाट युवा श्रम शक्ति र प्रतिभा पलायन भइरहेको अवस्था यसलाई रोक्न ठोस पहल गर्न आग्रह गरे ।

सांसद लीलादेवी बोखिम लिम्बु: ताप्लेजुङको महानन्दे दोभान सडक कालोपत्र हुन बजेट अभाव भएकामा ध्यानाकर्षण गराए ।

सांसद शान्ति श्रेष्ठ: सीमान्तकृत, संरक्षणबिहीन र यौनिक अल्सङ्ख्यक बालबालिकाको शिक्षा र अधिकारको पहँुचवृद्धिका लागि लगानी गर्न आग्रह गरिन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *