गायक राजेश पायल राई रिहा

काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन् ।

मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो। आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दिएको छ ।

राई गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट पक्राउ परेका थिए । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *