प्रभु बैंक र ट्याक्सी व्यवसायीबीच सम्झौता

काठमाण्डौं । प्रभु बैंक र गण्डकी ट्याक्सी ब्यबसायबीच नगद रहित भुक्तानी प्रणालीका सम्बन्धमा सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानामगर र ब्यबसायीको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले हस्ताक्षर गरेका हुन् । बैंकका अनुसार ब्यबसायसँग आवद्ध भएका ट्याक्सी व्यबसायीहरुको प्रभु बैंकमा रहेको खाताबाट रकम झिक्न, खाताको पूर्ण जानकारी मोवाईल एप्लिकेशनबाटै प्राप्त गर्न, विभिन्न बैंकरवित्त तथा अन्य गेट–वे मार्फत् रकमान्तर तथा भुक्तानी गर्न, महशुल तथा शूल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्यूतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन सो सम्झौता भएको हो । कार्यक्रममा गण्डकी प्रदेश, प्रमुख व्यबसाय केन्द्र अधिकृत शान्ती शेरचन, ट्याक्सी ब्यवसायी र फोन पेको तर्फबाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

बैंकका अनुसार विशेष गरी सार्वजनिक यातायातका सेवाग्राहीहरुले ट्याक्सी चालकहसँग रहेको प्रभु बैंकद्धार उपलब्ध गराईएको क्यु आर मार्फत् ट्याक्सी भाडा भुक्तानी गर्न सकिने व्यवस्था मिलाईएको छ । गण्डकी ट्याक्सी ब्यबसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकहरुका लागि बैंकको तर्फबाट क्यु आर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीहरु उपलब्ध गराईएको छ । निकट भविष्यमा अन्य ३५० भन्दा बढि चालकहरुलाई उपलब्ध गराईने कार्यक्रम रहेको छ । कार्यक्रममा बैंकको तर्फबाट ट्याक्सी चालकहरुका लागि क्यु आर, डेबिट कार्ड तथा अन्य डिजिटल प्रोडक्टहरुको सञ्चालन, उपयोगिता, रकमान्तर तथा यसबाट हुने जोखिम न्युनिकरणका उपायहरु सम्बन्धमा झण्डै १ घण्टाको दृष्यचित्र सहित चेतनामुलक सामाग्री प्रस्तुती गरिएको थियो । पर्यटकीय राजधानीे पोखरामा सञ्चालित सार्वजनिक यातायातमा हुने विद्यूतीय भुक्तानी प्रणालीबाट सेवाग्राहीहरु तथा ट्याक्सी व्यवसायीहरु समेत लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *