याक एण्ड यती होटेलको साधारणसभा आह्वान

काठमाण्डौैं । याक एण्ड यती होटेल लिमिटेडले वैशाख १३ गते कम्पनीको ४७ औ साधारणसभा आह्वान गरेको हो । कम्पनीको साधारणसभामा संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७९।२०८० (२०२२।०२३) को संचालक समितिको ४७ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७९।२०८० ९२०२२।०२३० को वासलात, नाफा वा नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीको आ.व.२०८०।०८१ (सन् २०२३।०२४) को लागि लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ । कम्पनीको तर्फबाट संचालकले बैंकमा व्यक्तिगत जमानत दिने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । यस कम्पनीको शेयर नेप्सेमा सुचिकृत भए पनि कारोबार हुने हुने गरेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *