भक्तपुरमा औद्योगिक तथा पर्यटन महोत्सव आजबाट सुरु,भारतीय गायकको विशेष सांगीतिक कार्यक्रम

भक्तपुर । आठौँ भक्तपुर औद्योगिक, साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आजदेखि सुरु भएको छ । महोत्सवको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले एक समारोहकाबीच उद्घाटन गरेका छन् । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरेको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा ११ दिनसम्म सञ्चालन हुनेछ । नयाँ वर्ष र विस्काः जात्राको अवसर पारेर विगतका वर्षदेखि नै यस्तो महोत्सव आयोजना हुने गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए । वैशाख २ गतेसम्म महोत्सव आयोजना हुने र ३ गते नेपाली भाषी भारतीय गायक विपुल क्षेत्रीको विशेष सांगीतिक कार्यक्रम हुने महतले बताए ।

कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिब २०० स्टल रहनेछ, मेला आयोजक समितिका संयोजक दीपक थापाले बताए । कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टल रहेको छ । महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्ने सकिनेछ । त्यसै क्रममा दैनिक राष्ट्रिय स्तरका कलाकारको उपस्थितमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत हुने आायोजकले जानकारी दिएको छ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने ७० रुपैयाँको टिकट लाग्ने संयोजक थापाले बताए । करिब पाँच लाखले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा राखेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *