सी डिभिजन लिग आजदेखी , बजेट ३ करोड ५५ लाख

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि सुरु हुन लागेको सी डिभिजन लिगको तयारी पुरा भएको जनाएको छ । एन्फाले खेलहरू आवश्यकता अनुसार च्यासलस्थित रंगशाला र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पनि खेलाइने जनाएको छ । प्रतियोगितामा देशभरका १४ टिमको सहभागिता रहने एन्फाका भनाइ छ । प्रतियोगिता सञ्चालनका लागि एन्फाले ३ करोड ५५ लाख २८ हजार ३ सय ५८ रुपैयाँ ९० पैसा बजेट छुट्याएको छ भने प्रथम हुनेलाई १० लाख पुरस्कार दिइने छ ।

यस्तै द्वितीय पुरस्कार ७, तृतीय पुरस्कार ५ लाख र फेयर प्लेयर टिम र उत्कृष्ट खेलाडीलाई ५०–५० हजार रुपैयाँ दिइने छ । यस्तै उत्कृष्ट गोलकिपरलाई ३५ हजार दिइँदा सर्वाधिक गोलकर्तालाई १७ हजार ५०० रुपैयाँ दिइने एन्फाले जनाएको छ । प्रतियोगिताको मार्केटिङ, टिकेटिङ र ब्रोडकास्टिङ अधिकार एनडीएसी स्पोर्टस्लाई प्रदान गरिएको छ भने टिकटदर सामान्यतर्फ १०० र भीआईपीतर्फ २०० रुपैयाँ कायम गरिएको छ । प्रतियोगिता करिब तीन महिना सञ्चालन हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *