राष्ट्रिय जीवन बीमा कम्पनीको पहिलो साधारणसभा आह्वान

काठमाण्डौं । राष्ट्रिय जीवन बीमा कम्पनीले साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको छ। कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९।७०, २०७०।७१ र २०७१।७२ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ । साथै आर्थिक वर्ष २०७६।७७ २०७७।७८, र २०७८।७९ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *