हिन्दु समुदाय र मुस्लिम समुदायबिच बढेको द्वन्दका कारण सुनसरीका दुई स्थानमा निषेधाज्ञा

काठमाडौं । धार्मिक तनाव बढेपछि सुनसरीका दुईवटा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । मुस्लिम र हिन्दु समुदायबीच तनावको अवस्था उत्पन्न भएपछि सुनसरीको हरिनगर गाउँपालिका सबै वडा र देवानगन्ज गाउँपालिका वडा नं. १ र ७ मा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको हो।

केही दिनयता ती दुई गाउँपालिकामा सामाजिक र धार्मिक सद्भाव खल्बल्याउने गरी दुई धार्मिक समुदायबीच हिंसात्मक द्वन्दको अवस्था सिर्जना भएपछि सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी बेदराज फुयँलले शुक्रबार दिउँसो १२ बजेदेखि अर्को एक सुचना जारी गरी निशेषधाज्ञा जारी गरिएको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)बमोजिम शुक्रबार मध्यान्ह १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरेर निस्कनेबाहेक सामूहिक रुपमा सामाजिक, धार्मिक, राजनैतिक सभा,र्‍यालीर भेला र प्रदर्शन गर्न निषेध गरिएको छ । आदेशविपरीत उल्लेखी गतिविधि गरेको पाएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने जनाइएको छ । गत जनवरी २२ मा भारतको अयोध्यामा भगवान् श्रीरामको मन्दिर उद्घाटन तथा प्राण प्रतिष्ठाका क्रममा लगाइएका झण्डा र तुलहरू मुस्लिम समुदायले च्यातिदिएको आरोपमा द्वन्दको अवस्था सिर्जना भएको हो ।

सुनसरी प्रशासनका अनुसार दुई समुदायी बिच आरोप प्रत्यारोप भएपछि अस्थायी प्रहरी चौकीमामार्फन दुवै समुदायबीच सद्वभाव बिग्रिने गतिविधि नगर्ने सहमति भएको थियो। तर उक्त सहमति व्यवहारिक रुपमा आउन सकेको छैन् । धार्मिक सद्भाव भड्किने गरी बनाइएका केही भिडिओ सार्वजनिक भएपछि झन अवस्था समस्याग्रस्थ बन्दै गएको छ । मुस्लिम समुदायहरूले हिन्दु धर्मका केही युवाहरुलाई धार्मिक ग्रन्थ कुरान जलाएको आरोप लगाएका छन्। तर हिन्दु समुदायले मुस्लिम समुदायले लगाएको आरोप झट्टो भएको बताउँदै आएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *