नेपाली बजारमा सुन-चाँदीको मूल्यमा फेरि नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको छ । महासंघका अनुसार आइतबार २ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ ।

शुक्रवार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम थियो । यस्तै चाँदीको मूल्य पनि तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । चाँदीको मुल्यपनि यो हालसम्मकै उच्च हो ।

गत साताको शुक्रवार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *