भारतमा जारी फ्रेन्डसिप कपको उपाधि नेपाललाई

काठमाडौँ । नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ ।

आज (आइतबार) सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसन टिमलाई १८ रनले पराजित गर्दै उपाधि जितेको हो । नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७६ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्बाधिक ७४ रन बनाएका थिए भने आसिफ सेखले ३४, कुशल भुर्तेल १९, दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१ र सन्दीप जोराले ७ रन बनाएका थिए ।

त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक एक विकेट लिएका थिए । यो जितसँगै नेपालले फ्रेन्डसिप कपको उपाधि जितेको छ भने अब नेपाल भारतबाटै एसीसी प्रिमियर कप खेल्न ओमान जाने छ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *