नेप्से परिसूचकमा आज हरियाली

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज हरियाली देखिएको छ ।

परिसूचक २२ दशमलव ७५ अङ्क अर्थात् एक दशमलव १३ प्रतिशतले बढेर दुई हजार २६ अङ्कमा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ दशमलव ५६ मा कारोबार भएका छन् । आजको कारोबारपछि बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब ७६ करोड २२ लाख ३३ हजार चार सय १७ पुगेको छ ।

आजको कारोबारमा विभिन्न चार कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड छन् । मानुसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *