उपनिर्वाचनमा इलाममा १९ र बझाङमा ११ उमेदवार

काठमाडौं । उपनिर्वाचनका उमेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । इलाम–२ को उपनिर्वाचनमा १९ उमेदवार कायम भएका छन् । चैत २४ गते भएको मनोनयन दर्तामा २० जनाको उमेदवारी परेको थियो । स्वतन्त्र उमेदवार केशव कुमार चापागाईंले उमेदवारी फिर्ता लिएपछि १९ जनाको उमेदवारी कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

त्यसैगरी, बझाङ–१ को ‘क’मा हुने निर्वाचनमा ११ जनाको उमेदवारी कायम भएको छ । कुल १२ जनाले उमेदवारी दर्ता गरेका थिए । जसमा नेपाली जनता दलका उमेदवार अशोक सुनारले उमेदवारी फिर्ता लिएका छन् । त्यस्तै, उमेदवारहरूलाई चुनाव चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ । वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *