कर्णालीको मुख्यमन्त्रीमा कँडेल

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । केन्द्रमा भएको सहमति अनुसार यसअघिका मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र)का राजकुमार शर्माले पदबाट राजीनामा दिएका थिए ।

कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरिएको छ । उनलाई एमाले, माओवादी र नेकपा (एकीकृत समाजवादी)का सांसदले समर्थन गरेका छन् । उनको शपथग्रहण बुधबार (भोलि) दिउँसो ३ बजेका निम्ति तय गरिएको एमालेका प्रदेशसभा सदस्य बलबहादुर हमालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *