राप्रपाद्वारा गृहमन्त्री लामिछानेको राजीनामा माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रहरिद्वारा दमनक भएको भन्दै गृहमन्त्रीको राजीनामा मागेको छ । प्रदर्शनको क्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेका हुन् ।

आज (मंगलबार) पार्टीको जनप्रदर्शनमा प्रहरीमार्फत दमन भएको भन्दै अध्यक्ष लिङदेनले गृहमन्त्रीको राजीनामा मागेका थिए। प्रदर्शनको क्रममा बोल्दै लिङ्देनले गृह प्रशासन र मन्त्रीको जिम्मेवारीप्रति समेत प्रश्न उठाएका थिए । लिङदेनले भने, ‘म गृहमन्त्री रवि लाछिानेलाई चेतावनी दिएर भन्न चाहन्छु, आजको दिनलाई हामी सम्झनामा राख्छौं । अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष ४० बुँदे माग पेश गर्दै मंगलबारबाट उपत्यकामा प्रदर्शन थालेको थियो । निषेधित क्षेत्र तोडेर सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिनका लागि अश्रुल ग्यास समेत प्रहार गरेको थियो । आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएकोमा लिङ्देनले कार्यकर्ताहरुलाई विचलित नभइ जुलुसमा अगाडि बढ्न समेत आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *