आगामी बजेटमा पूर्वले प्राथमिकता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पूर्वलाई प्राथमिकतामा राखिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले देशको आर्थिक समृद्धि र समाजवादको आधार तयार गर्नेगरी बजेट ल्याउने बताए । सरकारले जनताका पक्षमा महत्वपूर्ण पहल लिएको बताउँदै प्रधानमन्त्री दाहालले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादनमुखी एवं रोजगारी सिर्जना गर्नेगरी ल्याइने स्पष्ट पारेका थिए ।

सरकारले गरेका कार्यबाट जनतामा आशा जागेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुशासन र सामाजिक न्यायका सन्दर्भमा सरकारले गरेका सकारात्मक काम जनतासमक्ष पुराउनुपर्नेमा जोड दिए । आगामी दिनमा माओवादी आन्दोलनमा सहभागी एकताबद्ध हुने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले भने, “माओवादी आन्दोलनका सहभागीहरू सबै एकताबद्ध हुनुपर्छ ।

माओवादी आन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले सङ्घीयता, समावेशीता एवं धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई उल्ट्याउने प्रयास भइरहेकाले त्यसतर्फ सचेत हुन आग्रह गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *