नेपाली बजारमा सुनको मुल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य २०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (विहिबार) छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ८०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य स्थिर भएसँगै प्रतितोला १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *