आजदेखि एसीसी प्रिमियर कप सुरु, नेपालले मलेसियाको सामना गर्दै

काठमाडौं । आजबाट एसीसी प्रिमियर कप सुरु हुदैँछ । नेपालले आज पहिलो दिन मलेसियासँग खेल्ने छ ।

आज (शुक्रबार) ओमानमा हुने नेपाल र मलेसियाको खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजे सुरु हुनेछ । १० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य भने उपाधि जित्दै क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्ने हुनेछ । एसीसी प्रिमियर कपमा यदि नेपालले उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुनसक्छ ।

गतवर्ष पनि एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *