एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई १४४ रनको लक्ष्य दिएको छ ।

आजबाट सुरुभएको एसीसी प्रिमियर कप अन्तर्गत टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको हो । मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

यता नेपाली बलरहरु दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *