नयाँ वर्षको अवसरमा राष्ट्रपति र उपराष्ट्रपतिद्वारा शुभकामना संन्देश

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात आजबाट भएको छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शुभकामना दिएका छन् ।

राष्ट्रपति पौडेलले निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाईलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलताका लागि शुभकामना व्यक्त गरेका छन् । ‘द्वन्द मच्चाउने र बाहुवलीयतातिर धकेल्ने होइन निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाईलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस्। यसका लागि नव वर्षले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपतिबाट जारी शुभकामना सन्देशमा लेखिएको छ ।

यस्तै उपराष्ट्रपति यादवले नयाँ वर्षले संविधानको मर्म र भावनाअनुसार प्रत्येक नागरिकलाई स्वदेशमै रोगजारीको अवसर प्राप्त हुनेगरी काम गर्न सबैजनालाई दत्तचित्त भै अघि बढ्न पनि उत्प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *