दोस्रो खेलमा आज कतारसँग खेल्दै नेपाल

काठमाडौं । नेपालले जारी एसीसी प्रिमियर कपमा आफ्नो दोस्रो खेलमा आज कतारसँग खेल्दैछ ।

उक्त खेल दिउँसो ४ः१५ मा अल अमरेत क्रिकेट मैदान-१ मा सुरु हुनेछ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार पहिलो खेलमा हङकङसँग २६ रनले पराजित भएको थियो । नेपाल र कतारबीच हालसम्म एक मात्रै टी-२० आई खेल भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

१० टोली सहभागी यस प्रतियोगिता विजेताले टी-२० एसिया कप खेल्न पाउनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *