सिटिजन्स बैंकका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई काठमाडौंको बेक एण्ड सेल्समा विशेष छुट हुने भएको छ । सो सम्बन्धमा दुई संस्थाहरुबीच समझदारी भएको हो । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *