हाम्रा भोगाईहरु र माक्र्शले लेखेको नवबर्षको शुभकामना

“कुनै नयाँ घैलामा बासी पानी भरेजस्तो उहीँ पुरानै थैलामा नयाँ बास्ना छरेजस्तो नयाँ समयमा पुरानै बानी दोहोरिने बासी विचारको भकारी नबनोस् नयाँवर्ष”( भावकेशर बराल,साहित्य लेखक,नेपाल) ।
(१) महेन्द्र मोरङ्ग आदर्श बहुमुखी क्याम्पस,बिराटनगरमा ब्यबस्थापन सङ्कायको प्रमाणपत्र तहमा पढ्दा समेत स्कूले चञ्चल स्वभाव गएको थिएन । त्यसबेला क्याम्पसमा साथीहरुलाई–‘ओ माई डिअर,हैप्पी न्यू ईयर इ,O,my dear Happy New Year ’भनेर जिस्क्याउने गरेको सम्झना हुन्छ ।
(२ ) यसमा प्रिन्टमा अंग्रेजी फन्ट समायोजन गर्न कठिनाई हुन्छ भनेर अंग्रजीको उच्चारणलाई नेपालीमा लेखिएको छ ,अंग्रेजी हटाउन सकिन्छ ) “इन द मीनटाइम,मे आइ विश यू इन अड्भान्स एभ्री हैप्पीनेस्स फर द न्यू ईयर । इफ इट इज एनीथिङ्ग लाइक द ओल्ड वन,आइ फर माइ पार्ट,वुड सूनर कन्साइन इट टु द डेभील”(कार्ल माक्र्श टु फ्रेडरिक एङ्गेल्स,१८६१)”In the meantime,may I wish you in advance every happiness for the New Year. If it’s anything like the old one, I for my part, would sooner consign it to the devil .”(Karl Marx to Friedrich Engels,1861 AD) –“म यसै समयमा तपाईँलाई हरेक खुशीको कामना गर्दै नववर्षको अग्रीम शुभकामना व्यक्त गर्दछु । यदि केही उही पुरानो जस्तै भएमा म मेरो तर्फबाट त्यसलाई तुरुन्त राक्षसलाई बुझाउनेछु–तुरुन्त राक्षसको हवाला गर्नेछु”(कार्ल मार्क्सले फ्रेडरिक एङ्गेल्सलाई,ई.सं.१८६१)। ( नेपालीमा भावानुबाद ःअरुण भण्डारी,शिक्षक,श्रम राष्ट्रिय मावि,काठमाडौँ वार्ड नं. ७) ।
(३) साहित्यमा पनि नवबर्ष प्रवेश गर्दो रहेछ । (३क)“नयाँ बर्ष आएको छ,फेरि एकचोटी,भित्ताको नयाँ क्यालेण्डरमा,आफ्नो जीवनको भीसा झुण्डयाउनु छ,फेरि एकचोटी,भयानक बमहरु बोकेर,उडिरहेका हवाईजहाज,र रकेटहरुमुनि बसेर,लेख्नु छ प्रियजनहरुको नाममा,सफलता,शान्ति र दीर्घायुको शुभकामना–पत्र”(भूपी शेरचन । घुम्ने मेचमाथि अन्धो मान्छे–नयाँ बर्ष । साझा प्रकाशन,नेपाल । दशौँ संस्करण,बि.सं.२०५५) । युक्रेन युद्धमा नेपालीहरुले रुषको तर्फबाट लड्दा जीवन गुमाएको खवर पढियो । बेदना र सङ्कल्प परिवारमा अंशबण्डा नहुँदा राल्फा भन्ने समूह थियो भन्ने विधार्थी कालमा सुनेको थिएँ । क्याम्पसमा ‘नमार गरिवलाई नजाउ अंग्रेजी पल्टनमा’ भन्ने साहित्य लेखक गोकुल जोशीको गीत यही समूहका मण्जुल तथा रामेशले गाएको सुनेको सम्झना हुँदा भूपिले भने जस्तै इजरायल,यमन,इराक,युक्रेनमा उड्ने रकेट र गुडने टैङ्कको छेउमा बशेर,खाडीको मरुभूमिमा पसिनाले कटकटीएको शरीरले जीवनको भीसा झुण्डयाउँदै हामीलाई शुभकामना पठाउनु पर्ने अवस्था नआवोस नयाँ बर्षमा ।
एमएलकेपीजी कलेज, बलरामपुर ,उत्तरप्रदेश भारतका हिन्दी विभागका पूर्व विभागाध्यक्ष प्रो.डा.चन्द्रेश्वरलाई मैले नेपालीको नयाँ बर्षमा गुरुको के शुभकामना छ भनेर सोधेको थिए,उहाँले ई.सं.२०१७ मा लेखेर राख्नु भएको आफ्नो कविता ‘नयाँ बर्ष’ मलाई मेशेञ्जरमा पठाईदिनु भयो ।
“जसरी बाँसको बारीमा मुनाको टुसा निकलिन्छ,जशरी आँकुरा फुट्छ माटो भित्रको बिऊबाट,रात्रीको काँधमा चढेर झिसमिशे आईपुगे जस्तै,जाडोमा बर्षा भएपछि घामको मुख देख्न पाएजस्तै,आमाको गर्भबाट बच्चा निस्किए जशरी,खुशिमा घाँटीभित्रबाट बोली निस्किए जशरी,सकारात्मक सोच तथा विचार मगजमा उत्पन्न भए सरह,मनको गहिराईबाट कुनै राम्रो भावना प्रस्फुटन भए जस्तै गरी समयको प्रवाहसँग आउँछ नयाँ बर्ष”भन्ने जस्ता भाव भएको प्रो चन्द्रेश्वरको कविताले नेपालीहरुले मरमिजास साथ सकारात्मक भावनाको प्रस्फुटन गराएर नयाँ बर्षको स्वागत गर्नुहोश भन्ने शुभकामना दिनु भएको जस्तै लाग्यो ।
(४) गिरिजाप्रसाद कोइराला प्रथम पटक प्रधानमन्त्री हुन भएको थियो । बि.सं.२०५० सालतिर हुनुपर्छ जस्तो लाग्छ,बामपन्थी पत्रिका दृष्टि साप्ताहिकमा कैलाशपर्वतको नाममा ‘को हो यो ?’ शीर्षक अन्तर्गत उहाँको पुरा नामको शुरुको १० अक्षर तथा होयो २ अक्षरपनि थपेर १२ अक्षर प्रत्येक काव्य शैलिमा भिराइएको–प्र को निम्ति–प्रकृति नै रह्यो यसको बाहिरी मृदु भाषण,द–दलाली गर्छ अर्कैको बनेको छ प्रशासक,इ–इशारा अरुकै छ कुर्शीको निम्ति बाँचेको,रा–राष्ट्रघाती भनी नाम लिन्छन सबै निर्धक्क ,हो–होश राखौँ सवै फेरि जनता ढाट्न तयार छ जस्ता बिशेषणमा निन्दाको सीमा नाघेको देखिन्छ । कम्युनिष्टहरु असभ्य हुन्छन् भने गाली गर्ने सर्वोच्च नेता गणेशमासिंहले समेत गिरिजाप्रसादको सम्बन्धमा माथीकै स्तरको विशेषण सहित भन्नु भएको तिथि मिति सहितको टिपोट मैले च्यातेर फ्यालेको १२ बर्ष भएछ ,यहाँ सम्मकी बशन्तपुरको एक कार्य क्रममा हिशिला यमीले गिरिजा चोर नै भन्नु भयो । गिरिजाप्रसाद ठीक थिए की थिएनन् एकदिन निर्धक्क प्रमाणित हुनेछ । तर,उहाँलाई रिष तथा आवेगमा दिइएको बिशेषणपछि यश्ता बिशेषण दिनेहरुको सरकार देखेपछि जनताले के के बिशेषण दिए छर्लङ्ग भै सकेको हुनुुपर्छ ।

यत्रो बर्ष व्यतित भयो सुधार केही भएन राजनीतिमा भन्ने सन्दर्भमा मैले यो प्रसङ्ग जोडेको हूँ । अवको नयाँ बर्षमा पनि केही नयाँ राम्रा हुनेछैनन्,आशाबादीताको निरन्तरता जारी छ । राज्य हाँक्ने पुराना अनुहारहरु छदै छन्–नयाँ पनि अब पुराना जस्तै भै सकेकाले माक्र्शले उहि पुरानो जस्तै भएमा राक्षसलाई बुझाउने छु भन्ने पनि अहिले कोही छैनन्–“बसाईँ हिडनेको ताँतीले बस्नेको मन रुवाउँछ,लाखौँको लागि उजाड छ यो देश मुठ्ठी भरलाई त स्वर्गछ ”भनेर गीत गाउने टुहुरे दाज्यूले पनि धरती छोडनु भयो । टुहुरे दाजुले भन्ने गरेको ताँती त छ तर बिदेश जानेहरुको चाहिँ । सबै नेपाली दलीय कार्यकर्ता र सबै कार्यकर्ता दलीय नेता भएका छन् । राज्यको पर्यावरण,बित्तीय लगायत हरेक श्रोत साधनको दोहन गर्न चिया पशले नेता देखि बाँकी अरु सबै नेताहरु समेत सहमत हुन्छन । कोही त भनेँ जहाजमा हरर्र–भोका नाङ्गाका गीत गाउनेहरु अब हैप्पी बर्थडे भन्ने गीत गएर केक चाटदै भिडियो बनाएर सामाजिक सञ्जालमा साझा गर्न थालेका छन् । श्रीपेचको साशन समाप्त गरेका हामिहरुले भन्नेहरुलाई अहिले मनमा अब आफैँ श्री पेच लाउने गरि शक्ति आर्जनको आसक्ती देखिन्छ । कुनै दिन साइकल समेत नभएका उनीहरुलाई शाही बग्गीमा शयर गर्ने सौख छ । श्रीपेच कै शैलीमा फेटा बाँधेर राज सिंहासन भन्दा महङ्गा आशनमा राज गर्ने जीवन शैली छ,यो सरकारले बूट लाठी गोली दियो भनेर हामीलाई उहिले सुनाउनेहरुलाई सरकारले मन्त्री–भुटानी शरणर्थी–सुन नून गुन सवै राम्रै दिएको छ ,आफ्नै करामतले नराम्रो पो पाएछन भने चाहिँ गुनाशो गर्न पाईदैन ।
माक्र्श महाशय,छिमेकी हिन्दुस्तानमा त साहित्य लेखकहरुले गजल,कथा,ब्यङ्ग,काव्य कथा,कविताहरु लेखेर सामाजिक,राजनीतिक आर्थिक,पर्याबरणीय लगायतका बिकृती र बिसङ्गती विरुद्ध खवरदारी गर्दै हुनुहुन्छ । गर्भैदेखि टिभी सिरयल,मोटु पतलु लगायतले हिन्दी सिकाएका,साला भारु भन्दै टायर बाल्न जाने अनि हिन्दी डिस्कोमा चाहिँ लडिबुडि गदै नागिन डान्स–कम्मर हल्लाएर डिस्कोगर्ने बानी परेका आधुनिक नेपालीहरुलाई मसँग सामाजिक सञ्जालमा जोडिनु भएको भारतीय साहित्य लेखक कमलेश पाण्डेय‘कमल’ ले ३० मार्च ई.सं.२०२४ मा लेख्नु भएर सामाजिक सञ्जालमा साझा गर्नु भएको सिंहले जङ्गल छोड्ने वित्तिकै स्यालहरु राजा भए भन्ने भाव भएको हिन्दी गजल–“चोर तो साहूकार हो गए,सच्चे गुनहगार हो गए । जिनको सौंपी थी रखवाली,वो सब हिस्सेदार हो गए । जिनपर था इल्जाम लूट का,वो अब पहरेदार हो गए । अवसर के साँचे मेँ ढलकर,शोहदे(बदमाश) लम्बरदार(जिम्मलपटवारी) हो गए । झूठोँ की मण्डी मेँ आकर,सब सच्चे लाचार हो गए । नागफनी(सिउँडी कैक्टस्) के शहर मेँ मन्दे,फूलोँ के व्यापार हो गए । पूछे यहाँ कौन फूल को ? काँटे इज्जतदार हो गए । लैला,सोनी और हीर के,जाने कितने यार हो गए । कहने–सुनने की बातेँ बस,इश्क,मोहब्बत,प्यार हो गए । शेरोँ ने जङ्गल क्या छोड़ा,राजा सारे स्यार हो गए । ‘कमल’ पञ्चतन्त्र के किस्से,अब सारे बेकार हो गए”लाई मैले भावानुवाद गर्न आवश्यक नठानी पेश गरेको छु ।
हामी नेपालीहरुले पनि आफ्नो क्षेत्रबाट खवरदारी गरे कै छौँ क्यारे । केही लागेन चेत खुलाउन । मुल्लाह नश्रुद्धिनले हौशीएर गधालाई घरको छतमा पु¥याई त हाले । त्यसपछि तल झार्न खोजेको त लात्तिले छतमा हान्न थाल्यो । तल झार्ने कोशीसमा मुल्लाहलाई लात्तले हानेर पछारदिए । आखिरमा गधाले छतबाट झर्न नमानेर उल्टै छतमा लातले हानेर छत भत्कीए पछि तल भूईँमा पछारिन पुगे जस्तै गरी छतमा पु¥याउने जनतालाई पछार्ने नेताहरु मुल्लाहको गधा जस्तै क्रमशःस्वयं छतबाट उल्टै तल पछारिदै नजाउन शुभकामना ! ‘कुमति निवार सुमति के सङ्गी’ !
हरेक बैँक र सहकारिको कथामा टोले नेता देखि ठूला नेता र यदी रहेछन भने घोषित अघोषित ट्रेड युनियन देखि हाकिम सम्मका समेत पात्रहरु छन्–तलका ऋणीले गर्ने उधम शीलताले ठूला उधमीहरु सित दौडन सक्दैन । अब भिमकाय एफडीआईहरु आउने रे भन्ने चर्चा छ ,यहाँका ठूला उधमीको उनीहरुसँगको उठबश त पहिले देखी नै भएको हुनुपर्छ ।
कोरोना कालमा चीनमा लाखौँ साना उधमीको उद्धार भयो–भारतमा ५० हजार साना उधमीको उठीबाश भयो । नेपालमा सटरहरु खालि हुन थालेका छन् अव चाँडै भरिभराउ हओन । भारतका वरिष्ठ सञ्चारकर्मी,लेखक शैलेन्द्र शैलीले आफ्नो सामाजिक सञ्जालमा–“पूँजीपतिहरु एबं ब्यापारीहरु सत्ताको राजनीतिमा सक्रिय हुनु भनेको मेहनत गर्ने जनताको हित र लोकतन्त्रको मुल्यको लागि सधैँ हानिकारक हुन्छ” भनेर साझा गर्नु भएको बिचार बहसको बिषय हुनसक्छ । पार्टी भित्रका जुन वर्गले हिजो प्रथम जन निर्वाचित प्रम बीपीलाई अशफल बनाए त्यो बर्ग रातारात पञ्चायतमा प्रवेश गरेपनि राजा महेन्द्रले सबै कुरा बुझ्नु भएकोले सिमाभित्र रहेको त्यो वर्गले महेन्द्रको स्वर्गबाश भएपछि भारदारसँग मिलेर राजा बीरेन्द्र र पञ्चायतलाई समेत अशफल बनाए–जनमत संग्रह पछि त त्यो बर्गले उधुम नै मच्चायो । पञ्चायतको विघटन भएपछि त्यो बर्गको ठूलो हिस्सा काँग्रेसमा पस्यो ,केही बामपन्थीको संसदबादी धारमा पनि सामेल भए । चैत्र ४ गते छेस्का साहित्य नेपालको सामाजिक सञ्जालको भित्तामा साहित्य लेखक जयनारायण नेपालले छेस्का कबितामा–“जसको शक्ति,आसेपासेले,गर्दछन् भक्ति”लेख्नु भएझैँ अहिले दलीय नेताहरूको स्तुति गाउने भारदारी वर्ग हुन् वा दोहनको केही अंश समेत भेटेका भक्तहरुहुन अर्कोे तन्त्र देशमा आएमा सबभन्दा पहिले उनीहरुको समर्थन जुलुश निसक्ने छ ।

जुनतन्त्र आएपनि भएपनि दोहनतन्त्रले सिर्जना गर्ने भद्रगोल–महाजात्रा सम्भाल्न केही समयको लागि‘जनताको विश्वाश प्राप्त अधिनाकबादी’ साशक हुनै पर्दछ ।
बिदेशी सहयोगले देश बनाउने सहयोग बाहेक देश बिगार्ने अरु सहयोगका डिजाइन लिएर नआउन । दुनियामा शान्ति सिर्जना गराउन खटिने नेपाली देश भित्र अरुले सिर्जना गरेको अशान्तिमा बाँच्न सक्दैनौँ । नेपालीहरु पोका पत्यौरा बोक्दै देश छाडेर शरणार्थी हुने कल्पना पनि गर्न सक्दैनन् । नेपालीको आकाशमाथि बशेर बिदेशी सहयोगहरुले बम नझारून,क्षेपयास्त्र आकाशबाट अस्पताल–बिधालयमा नझरुन–नेपालीहरुले भाडाको सिपाही हुनु नपरोश ! नयाँपनको लागि नयाँ बर्षको शुभकामना दिनु भएपनि के भन्नु स्व.मार्क्स महाशय ! कशरी यी सबै बीकृति र बिसङ्गगतिलाई शैतान–डेभील समक्ष हवाला गर्नु ? १० चैत्र बि.सं.२०८० मा छेस्का साहित्य सामाजिक सञ्जालको जमघटमा साहित्य लेखक निरञ्जन पोखरेलले छेस्का कवितामा–“नाकको कालो,जाँदैन पुछि ,के दिनु टालो” भन्नु भएपनि आशाबादी भएर वैश्विक रूपमा विश्व युद्धको खतरा मडारी रहेको स्थितिमा “एकै प्रेम हो,एकै हृदय…,हामी सवै एकठाउँमा भएर सबै कुरा ठीक हुन्छन भन्ने महसुश गरौँ”(बबमार्ली) भन्ने कुरा सम्झेर शान्ति,प्रगति–सफलता,सदाचार प्रगतिशील परिवर्तन, दीर्घायु तथा नयाँपनको लागि नयाँ बर्षको हार्दिक मङ्गलमय शुभकामना !!! तर मैक्सिम गोर्कीले–“तपाइँ बिगतका सवारी साधनबाट कहीँ पनि जान सक्नु हुन्न” भन्नु भएझैँ नेपालका बिगतका संसदीय दलहरुको सरकारमा यात्रा नगरी यो नव बर्षमा पूर्व कर्मचारीहरुको सरकारको लागि मन्त्रिमण्डल निर्माण गरेर त्यही नयाँमा यात्रा गर्नुपर्छ ।
(छविचित्र सौजन्य ः मिटर ब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समिति,नेपालको सामाजिक सञ्जालको भित्ताबाट,जञ्जिर जुलुस । फागुन १८ गते बि.सं.२०८० । भारतका साहित्य लेखक प्रमोद बेडियाको सामाजिक सञ्जालको भित्तामा २९ अगस्ट ई.सं.२०२३ मा साझा गरिएको ’बदलेगी दुनिया’ कवितासँग सम्बद्ध जनताले घर छोडेको गुइन श्रीकान्ताको पेन्टीङ्ग,लेखकलाई अवगत गराएर साभार गरिएको) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *