हङकङले नेपाललाई दियो ११५ रनको झिनो लक्ष्य

काठमाडौँ । जारी एसीसी प्रिमियर कप अन्तर्गत हङकङले नेपाललाई ११५ रनको झिनो लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको हङकङले १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर अविनाश बोहोराले ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २(२ तथा करण केसीले एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *