युएईले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । जारी एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदै आज हुदैछ । जारी पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् ।

उक्त खेलमा युएईले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको हो । नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् । समुह ए बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुदै सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा र युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा भिड्न लागेका हुन् ।

नेपालका लागि रोहित पौडेल र युएईका लागि मोहम्मद वासिमले कप्तानी गर्नेछन् । एसिसियट्स राष्ट्रिहरु मध्यमा दुबै देशलाई शक्तिशाली राष्ट्रिको रुपमा हेरिन्छ सोहि कारण पनि खेल रोमाञ्चक रहने छ ।

त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल आजै अपराहन्न ४: १५ बजेदेखि शुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शिर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *