खराब व्याटिंगका कारण नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य

काठमाडौँ । जारी एसिसि प्रिमियर कपमा नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

आज जारी एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो । नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर कुशल भुर्तेल शून्य, आसिफ शेख ८, कप्तान रोहित पौडेल ५, कुशल मल्ल ३, दीपेन्द्रसिंह ऐरी ५ र सोमपाल कामी २ रनमा आउट भए ।

यस्तै युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २-२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *