डिसहोमले ल्यायो ‘खुसीको रिचार्ज’ अफर

काठमाडौं । डिसहोम डीटीएचका ग्राहकहरूले अब जति रकमको रिचार्ज गर्‍यो उति नै रकम बोनस पाउने ‘खुसीको रिचार्ज’ अफर ल्याएको छ । ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् । ३६५ दिनदेखि रिचार्ज नगरेका ग्राहकलाई लक्षित गरी कम्पनीले यो योजना सार्वजनिक गरेको बताइएको छ । यस योजनाअन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गरे उति पैसा बोनसस्वरूप पाउनेछन् ।

यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, दुई हजारको रिचार्ज गर्दा दुई हजार नै बोनस प्राप्त गर्नेछन् । यो योजना सीमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ । यस्तै, नियमित रिचार्ज गरिरहेका ग्राहकहरूले भने एक वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिसहोम हेर्न पाउनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *