बैंकरहरूले फुटसलमा राष्ट्र बैंकलाई हराउँदै स्तब्ध

काठमाडौं । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवका अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकरहरूले राष्ट्र बैंकलाई हराउँदै स्तब्ध पारेको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापन र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूबीच बुधबार भएको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा बैंकर्सले ५ २ गोलले जित हासिल गरेका हुन् । बैंकर्सको टिमबाट कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङले २ गोल गरेका छन् भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डे, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र ग्लोबल आइएमई बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी (सिनियर डीसीईओ) सुमन पोखरेलले एक,एक गोल गरे ।

राष्ट्र बैंकको तर्फबाट डेपुटी गभर्नर बम बहादुर मिश्र र कार्यकारी निर्देशक ऋषिकेश भट्टले एकरएक गोल गरे । राष्ट्र बैंकको टिमबाट डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक भट्ट, पिताम्बर भण्डारी, प्रदीपराज पौड्याल, नरेश शाक्य, रेवती प्रसाद नेपाल, रामु पौडेल, गुरू प्रसाद पौडेल, बिमल राज खनाल र निर्देशक राम प्रसाद गौतम र राजनबिक्रम थापाले फुटसल खेलेका थिए । बैंकरहरूको टिममा वाणिज्य बैंकबाट ६ जना, विकास बैंकबाट २ जना र फाइनान्स कम्पनीबाट ३ जना सीईओले खेलेका थिए । गत वर्षको मैत्रीपूर्ण खेलमा राष्ट्र बैंकले बैंकरहरूलाई हराएको थियो । यस पटक भने बैंकरहरूले जित हासिल गर्दै गत वर्षको बदला लिएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *