क्रिकेटर लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ ।

आज (आइतबार) उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको उक्त मुद्दा हेर्न नभ्याइनेमा परेको हो । बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले गरेको फैसलाविरुद्ध गत फागुन १० गते पुनरावेदन गरेका थिए । काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।

उक्त काठमाडौँ जिल्ला अदालतको फैसला विरुद्ध उनि उच्च अदालत गएका हुन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *