इलाम -२ मत गणना: नेपाली कांग्रेसको अग्रता कायम

इलाम । इलाम -२ को मत गणनाको पछिल्लो अपडेटमा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ ।

हाल सम्मको विवरण अनुसार नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् । त्यसैगरी एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् र अन्तिममा रास्वपाका मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगका अनुसार फाकफोकथुम गाउँपालिका अहिलेसम्म तीन वडा वडाको मत गणना सम्पन्न भएको छ । भने मत गणना जारी छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *