दोस्रो खेलमा वेस्ट इन्डिज ए सँग नेपाल १० रनले पराजित

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए भने अन्य ब्याटम्नहरुले रन बनाउन नसक्दा नेपालले १० रनको हार ब्यहोर्यो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए ।

यता नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । वेस्ट इन्डिज ए को यो जित पछि ५ खेलको सिरिज १-१ ले बराबरी भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *