‘आफ्नै जन्म भूमीमा’

आगामी नयाँ बर्षमा
पानी जहाज चढेर आउँदैछु !
त्यो रमाइलो गाउँमा,
आफु जन्मेको ठाउँमा !
सिरुवा मेला घुमौला,
बिस्केट जात्रा हेरौला !
सागरदेखी सगरमाथासम्म पानीजहाज चढेर रमाउला !
आजै एक थान टिकट बुक गरिदेउँ है प्रिय !
(मे,ई.सं. २०१८ सयुक्त राज्य अमेरीका)

‘के अर्थ ? ’
यो दिनको के अर्थ ?
यदि रात नहुने हो भने,
माया प्रेमको के अर्थ ?
यदि बात नहुने हो भने,
मौनताको के अर्थ ?
सधै कोलाहल मै रमाउने हो भने !
अनि सुन्यताको के अर्थ ?
सधै कसैको साथ हुनेहो भने !
(२६ अप्रिल ,ई.सं. २०२३ ,सयुक्त राज्य अमेरीका) ।
(विम्ब श्रेय ः पिक्शेल डटकम । मार्फत गुगल इन्टरनेट,२९ अप्रिल ई.सं.२०२४ नेपाली समय दिनको ३.०७ बजे) ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *