इलाम–२ मतगणना- एमालेका उम्मेदवार नेम्वाङको निरन्तर अग्रता कायम

काठमाडौं । इलाम–२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता कायम गरेका छन् ।

सुहाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको भन्दा ३९६० मत बढी पायर पहिलो स्थानमा छन् । सुहाङले ११ हजार ६१९ मत पाउँदा कांग्रेसका उम्मेदवारा खड्काले ७ हजार ६५९ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले आफ्नो मत बढाउदै लगेका छन । पछिल्लो सार्वजनिक मत परिणाम अनुसार उनले ७ हजार ४५२ मत प्राप्त गरेका छन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले भने १ हजार ५९६, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २४६, एकीकृत समाजवादीका जीतबहादुर राईले २६१, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ६५ र राप्रपाका लक्ष्मी गुरुङले ५५ मत पाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *