शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौं । आज शेयर बजारमा झिनो अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक शुन्य दशलमव ०७ अंकले बढेर १९८०.३४ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१७ कम्पनीको ७३ लाख ४१ हजार १७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार सबैभन्दा बढी कमाउनेमा पोखरा फाइनान्स कम्पनी र जानकी फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने पिपुल्स पावर कम्पनीका लगानीकर्ताहरुले ६ प्रतिशतले गुमाउन पुगेका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *