इलाम- २ मा सुहाङको फराकिलो मतान्तरसहित अग्रता कायमै

काठमाडौं । इलाम- २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ ठुलो मतान्तरले अग्रता कायमै राखेका छन् ।

हालै प्राप्त विपरण अनुसार सुहाङले १६ हजार २१९ मत मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १० हजार ५५७ मत प्राप्त गरेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र उम्मेदवार डेकेन्द्र थेगिमले अहिलेसम्म ८ हजार ८२५ मत प्राप्त गरेका छन् भने रास्वपा मिलन लिम्बु २ हजार ६४५ मत प्राप्त गदै चौथो स्थानमा रहेका छन् ।

इलाम-२ मा अहिलेसम्म ३९ हजार ४२५ मत गणना भएको छ । कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम- २ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *