चुकन्दर खानुको फाइदा

चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ । यो बेलाटिन पाइने सीमित तरकारी मध्ये एउटा हो । बेलाटिनले सुन्निएको कम गर्छ भने क्यान्सर र अन्य खाले रोगविरुद्ध शरीरलाई सुरक्षा पनि दिन्छ । यसमा भरपुर मात्रामा फोलेट भिटामिन पनि पाइन्छ । यसले हर्ट स्ट्रोकको खतरा कम गर्छ । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चुकन्दरको सेवनले छाला पनि स्वस्थ रहन्छ । चुकन्दरको जुस खाँदा रक्त प्रवाहमा सुधार आउँछ । यसबाट दिमाग पनि स्वस्थ रहन्छ । चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । यसलाई खाँदा तौल कम गर्न मद्दत मिल्दछ । यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *